+977-1-5147166 ecards@ecardsnepal.org.np

वि.स. २०४८ जेष्ठ ३० गते औपचारिक रुपमा दर्ता भएको यो संस्थाले आजबाट तीन दशक पुरा गरेको छ । यस अवधिमा हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै काम गरी अनुभव बटुल्ने मौका पायौं । त्यहाँका स्थानीय बासिन्दासँग मिली सँगसँगै काम ग¥यौं । विकास तथा अनुसन्धानका काम गर्ने क्रममा हामीले सम्पूर्ण ७७ जिल्लालाई नै समेट्न सकेछौं । हाल सम्म १६० भन्दा बढी कार्यक्रम तथा परियोजनाको सफलतासाथ सम्पन्न गरेको अनुभव संस्थालाई भएको छ । यस क्रममा संस्था देशका ३५५००० भन्दा बढी घर परिवारमा आफ्नो सेवा पु¥याउन सफल भएको छ ।
संस्था स्थापनाको तीन दशकको सफलतालाई हामीले एक कोषेढुङ्गाको रुपमा लिएका छौ । यस सुखद उपलक्ष्यमा संस्थाका सदस्य तथा शुभचिन्तक एकै स्थानमा जम्मा भएर खुसियाली मनाउँदा रमाइलो हुने थियो, तर कोभिड १९ को कारण उत्पन्न बिषम परिस्थितीका कारण सो सम्भव भएन ।
संस्था स्थापना दिवशकोे उपलक्ष्यमा भविस्यमा संस्थाको अझ सफलताको कामना गर्दै सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुबाट पहिले जस्तै सहयोगको अपेक्षाकासाथ हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अन्तमा, कोभिड १९ को यस बिषम परिस्थितीमा सुरक्षित बस्नुहुन अनरोध गर्दै यहाहरुको सुस्वास्थ्यको कामना गर्दछु ।
 
ब्रह्मध्वज गुरुङ्ग
अध्यक्ष
२०७८ जेष्ठ ३०