काठमाडौं, असोज,
इकार्डस् नपालको २५ औ साधारण सभा २०७८ असोज ०९ गते काठमाडौंमा सम्पन्न भएको छ । समुदाय परिचालन, आय आर्जन, कृषि वन तथा प्राकृतिक श्रोत व्यवस्थापन, पूर्वाधार विकास, क्षमता अभिबृद्धि तथा अनुसन्धान क्षेत्रमा विगत ३० वषदेखि कृयाशिल राष्ट्रिय स्तरको गैरसरकारी संस्थाको रुपमा परिचय बनाउन सफल इकार्डस् नेपालको साधारण सभाको उदघाटन, संस्थाका सल्लाहाकार श्री रुद्र प्रसाद देबकोटाले गर्नु भएको उक्त साधारण सभाले संस्थाको आ.व.२०७७/७८ को बार्षिक प्रतिबेदन, आर्थिक प्रतिबेदन र लेखा परिक्षण प्रतिबेदन साथै आगामि आ.व.२०७८/७९ लेखापरिक्षक नियुक्त गर्दै बार्षिक बजेट पारित गरेको छ । संस्थाको विधान अनुसार प्रत्येक दुईवर्षमा नयाँ कार्यसमिति चयन हुने व्यवस्था बमोजिम यस सभाले आगामी दुई वर्षका लागि श्री ब्रह्मध्वज गुरुङको अध्यक्षतामा उपाध्यक्ष श्री कालिका पाठक, सचिव श्री दीपेन्द्र कुमार जोशी, सहसचिव श्री विजय महर्जन, कोषाध्यक्ष श्री बमबहादुर थापा र सदस्यहरुमा डा. श्री बसन्त विक्रम थापा र श्री देवि नगरकोटी रहेको नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दिनमा स्थानीय श्रोत व्यवस्थापन गर्दै समुदायको समुन्नती मार्फत राष्ट्र निर्माणमा अझबढी सकृय हुन नयाँ कार्य समितिलाई निर्देशन दिएको छ ।
Recent Comments