पूर्णसरसफाइ आजको आवश्यकता, कोरोनासँगै हात धुने बानीको विकास
सिरहा २५ बैशाख।
नचीनको वुहानबाट फैलिएको कोरोना भाइरस (Covid 19) महामारीले आज संसारको मानव जगतमै आक्रान्त भईरहेको छ । यस भाइरसबाट विश्वका शक्तिशाली, सुविधा सम्पन्न देशहरु बढी प्रभावित भएका छन् । कोरोना भाइरसले मानव सभ्यता तथा हालसम्म विकसित विज्ञान तथा प्रविधिलाई नै चुनौति दिईरहेको छ । समयसंगसंगै यो भाइरस विश्वका करिब करिब सवै देशहरुमा फैलिसकेको छ भने नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन ।
विश्वका विकसित तथा विज्ञान प्रविधिमा सफलता प्राप्त गरेका राष्ट्रहरुले कोरोना भाइरसको वैज्ञानिक समाधानका लागि लागिपरेका छन् तथापी हाल सम्म यसको औषधी पत्ता लाग्न सकेको छैन । वैज्ञानिकहरुले पहिले अन्य रोगका लागि विकास गरिएका औषधीको प्रयोगबाट यसको उपचारको प्रयास गरेतापनि सफलता हात लाग्न सकेको छैन । वैज्ञानिकहरुका अनुसार यसको उपचार विकास गरी सबैको पहुंचमा पु¥याउन कम्तिमा ६ महिना लाग्न सक्ने बताइरहेका छन् ।
विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार विश्वका अधिकांश कोरोना प्रभावित राष्ट्रहरुले हाल लकडाउन, होम क्वारेन्टाइन तथा सरसफाई तथा स्वच्छता प्रबर्धन जस्ता रणनीति अख्तीयार गर्दै आएका छन् । नेपालले पनि यस विकराल महामारीसंग जुध्न तथा आफ्नो नागरिकलाई बचाउँन उल्लेखित रणनीतिलाई नै अनुशरण गरिरहेको छ । नेपाली जनताले पनि आफु पनि बचौ र अरुलाई पनि बचाऔं अभियानमा नेपाललाई साथ दिइरहेका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन अपनाइरहेका रणनिती मध्ये लकडाउन प्रभावकारी भएतापनि यसबाट देश तथा समाजको आर्थिक अवस्थामा नकारात्मक असर पर्ने हुनाले यो रणनीति दिर्घकालका लागि उपुक्त हुदैन तसर्थ कोरोना भाइरसको श्रृङखला तोडन तथा नियन्त्रणका लागि सचेतनाका साथ निरन्तर साबुन पानीले हात धुने तथा सरसफाईका व्यवहारलाई अपनाउनु नै प्रभावकारी रणनीति हो । यसका अलावा वाहिर निस्कदा मास्कको प्रयोग तथा सामाजिक तथा भौतिक दुरी कायम राख्नु पनि जरुरी देखिन्छ ।
जोखिमपूर्ण अवस्थामा आपूmले साबुन–पानीले हात धुनु आफू र परिवारलाई खुशी र स्वस्थ राख्ने सबैभन्दा सजिलो, भरपर्दो र सस्तो उपाय हो । नियमित सावुन पानीले हात धुदा धेरै प्रकारका सरुवा रोग लाग्नबाट बच्न तथा बचाउन सकिन्छ । स्वथ्य समुदायको लागि नेपाल सरकार तथा अन्य निकायले धेरै पहिले देखिनै साबुन पानीले हात धुने लगायतका सरसफाइ तथा स्वच्छता प्रबर्धनका लागि पहल गरिरहेको हो । लामो प्रयासपछि नेपालले देशका नागरिकको पहुंचमा शौचालय को सुनिश्चितता गदै देशलाई खुला दिशामुक्त अवस्थामा पु¥याई सरसफाइमा एक कोसेढुङ्गा पार गरेतापनि बानीका कारण कतिपयले हालसम्म पनि सौचालयको उचित प्रयोग गरेको पाइदैन भने सरसफाइका अन्य क्षेत्र जस्तै साबुन पानीले हात धुने बानीमा नेपाल अझै धेरै पछि रहेको छ । सन २०१८ मा UNHABITAT ले मधेश तराईका ८ जिल्लामा गरेको एक सर्भेले देखाएअनुसार ५८ प्रतिशत जनता ले चर्पिीको प्रयोगपछि साबुन पानीले हातधुने गरेका छन भने केवल १३ प्रतिशत जनताले मात्र खाना खानुअघि साबुन पानीले हात धुने गरेको देखाउँछ । यसबाट हामीले समुदायमा हात धुने बानी विकास गर्नको लागि धेरै प्रयास गर्नु पर्ने देखिन्छ ।
हाल देखिएको कोरोना महामारीको सन्दर्भमा विश्व स्वास्थ्य संगठनलगायत वैज्ञानिकहरुले कोरोना भाइरसबाट बच्न निरन्तर साबुन पानीले हात धुनु एक प्रभावकारी तथा सबैको पहुंचमा भएको एकमात्र उपाय रहेको बताइरहदा नेपालमा साबुन पानीले हातधुने बानी विकासको लागि कारोना एक अवसर भनेर देखापरेको छ तर यस कोरोना भाइरसको चुनौताीलाई अवसरको रुपमा परिणत गर्नका लागि सरसफाइ क्षेत्रमा कार्यरत सरोकारवाला तथा स्थानिय सरसकार तथा समुदायले मेहनत गर्नु पर्ने जरुरी छ ।
साबुन पानीले हात धुने बानी विकासका लागि हालसम्म गरिएका क्रियाकलापहरुले चेतना बृद्धि गरेतापनि व्यवहार परिवर्तनमा धेरै सकारात्मक छाप छोड्न प्रभावकारी देखिरहेको थिएन भने यस अवधिमा सरसफाइ क्षेत्रमा कार्य गरिरहेका संघसस्था तथा स्थानिय सरकारहरुले गरेको प्रयास तथा कोरोनाको सन्त्रासले लकडाउन भए पश्चात व्यक्तिगत सरसफाइ र बानी व्यहोरा परिवर्तनमा ठुलो छलाङ्ग मारेको महसुस गरिएको छ । सरसफाई अभियान्ता तथा इकार्डस नेपालका सिराहा जिल्ला संयोजक गोविन्द कार्की का अनुसार “अहिले समुदायका घरधुरीहरुले चर्पीको प्रयोग तथा साबुन पानीले हात धुने बानीमा धेरै सुधार गरेका छन् । समुदायका सदस्य नभएका घरमा शौचालय बनाउने, प्रयोगमा नआएकालाई मर्मत गरि प्रयोग गर्ने तथा हरेक घरमा साबुन पानीले हात धुने स्थान निर्माणका लागि तिब्रता दिएका छन् ।
खाना खानु भन्दा अघिपछि, बच्चालाई खुवाउनु अघिपछि, फोहोर छोएपछि र विरामीको स्याहार गर्नु अघिपछि पनि सावुन पानीले हात धुने अवस्थामा व्यापक परिवर्तन भएको पाइन्छ । यो सरसफाइको दृष्टिकोणले सकारात्मक पाटो हो । यसैगरी पानी उमालेर खाने देखि स्यानिटाइजर प्रयोग गर्ने, प्रयोग कर्ताको संख्या पनि वृद्धि भएको देखिन्छ । यो क्षेत्रमा काम गर्ने संघसंस्था, अभियान्नताहरुले यो अवस्थामा पनि फोन तथा अन्य सामाजिक माध्यम को मार्फत चर्पीको निर्माण, पुनःनिर्माण र प्रयोगमा जोड दिइरहेका छन । हात धुने निश्चित स्थानको निर्माण र प्रयोग गर्न अभिप्रेरित गरी रहेका छन । पहिले संचालन भएका कार्यक्रमको सिकाईका आधारमा समुदायमा सरसफाइ जन्य बानी व्यहोरामा सरकारी निकाय तथा अन्य संघसंस्थाले कार्यक्रम संचालन गरि रहुन्जेल केहि परिबर्तन हुने तर कार्यक्रम समापन पछि समुदायका केहि वर्ग पुन पुरानै अवस्थामा फर्किने गरेको देखिन्छ । यस अवस्थालाई परिवर्तन गर्न सरसफाइमा हाल अफै प्रबर्धन गर्दै यसको दिगोपना कायम राख्न अब सरकारको आगामी बजेटमा सरसफाइको क्षेत्रमा बजेट वृद्धि र प्राथमिकता हुन जरुरी छ । सरसफाइ प्रबर्धनकालागि यो समय फलाम तातेको बेला हो र यही समयमा सरकारी निकाय, संघसस्था तथा समुदायका अगुवा तथा अभियन्ताले यसको प्रबर्धनका लागि दिगोपना राख्न ध्यान दिनु जरुरी देखिन्छ ।
This post also available at : https://www.nepalpostdainik.com/npd/2020/05/07/9801/
Recent Comments