आदरणीय आजीवन, साधारण र मानार्थ सदस्य ज्यू,
इकार्डस् नेपाल
यस सस्थाको मिति २०८० बैषाख १८ गते (०१ मे २०२३) गते बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार संस्थाको २६औं साधारण सभा तपशिल अनुसार आयोजना गर्ने निर्णय गरे बमोजिम यहाँहरुलाई कार्यसमितिको तर्फबाट २६औं साधारण सभामा सहभागिताकालागि हार्दिक अनुरोध गर्दछु ।
संस्थाको विधान अनुसार साधारण सदस्यज्यूहरुलाई सदस्यता नविकरणकालागि अनुरोध समेत गरिएको जानकारी गर्दछु । सदस्यता नविकरण इमेल, फोन मार्फत अनुरोध गरी वा आफै उपस्थति भई गर्न सकिने छ ।
साधारण सभा हुने मिति, समय र स्थान
मिति ः २०८० जेष्ठ २० गते ( ०३ जुन २०२३) शनबिार,
समय ः बिहान ९ बजे देखि
स्थान ः इकार्डस् नेपालको केन्द्रिय कार्यालय, कोटेश्वर काठमाडौ ।
छलफलका विषय तथा प्रस्तावहरु
- आ.व. २०७८ / ०७९ को प्रतिबेदन प्रस्तुती, छलफल तथा स्विकृती
- आ.व. २०७८ / ०७९ को लेखापरिक्षण प्रतिबेदन प्रस्तुती, छलफल तथा स्विकृती
- आ.व. २०७९/०८० कालागि लेखापरिक्षक नियुक्ती
- सहयोगी तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन
- संस्था नविकरणकालागि सम्बन्धित निकायलाई अनुरोध
- अन्य
कार्यसमितिले प्रस्तुत प्रस्तावहरु उपर यहाँहरुको सुझाव तथा सल्लाह केहि भए उपलब्ध गराईदिनु हुनेछ भन्ने अपेक्षा गरिएको छ ।
धन्यवाद